मर्मान्तिक जिन्दगीमा घन्किने भेटिएन धुन ।
स्वकीय जीवनमा उज्यालो छर्कने छैन जुन ।।
पल्टाई पाना खोज्दैछु जिन्दगी जिउने शब्दहरू ।
शीर्षक मात्रै जताततै भेटिदैनन् आधारहरू ।
याद गर्ने क्षणहरू कुनै मौसममा नि फुल्दैनन् ।
त्रीकाल नै मेरो एकै रफ्तारमा चल्दैछन् ।।
डोर्याईरह्यो विधाताले दु:ख, पीडाको बाटोमा ।
रहेर भित्रै घुमाईरह्यो फनफनी दुख कै जातोमा ।।
बहकिन्छ मन गहभरी आश्रुदाना झार्छु ।
हालात यस्तै छ कठोर मन आफैमा बार्छु ।।
दुर्भाग्य भनु या भनु नियतिको खेल ।
रजनीमै थुनिरह्यो कस्तो जिन्दगीको जेल ।।
विष्कम्भक बन्छु सधै राम्रो काम गरेपनी ।
टपक्क टिपी गास्दैँछु माला पातहरू झरेपनी ।।
मुल फुटे मुहान उजादिए पोखिए ईच्छा ।
स्वस्ती देउ हे दैव थाकेको छु मागे भिक्षा ।।
कागजका सेता रङहरूमा सधै तिम्रो नाम कोर्छु ।
नघटाई देउ दैव लेखेको सुख जति हात जोर्छु ।।
मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस् ...